महाकाली बहु प्राविधिक शिक्षालयमा पुषे पन्नर विशेष कार्यक्रम

कञ्चनपुर, पुष १५ । कञ्चनपुरको महाकाली बहुप्राविधिक शिक्षालयमा पुषे पन्नर विशेष कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको महाकाली बहुप्राविधिक शिक्षालय र खेलकुद क्लबको आयोजनामा आइतबार पुषे पन्नर विशेष कार्यक्रम गरिएको हो ।

महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदले सुदूरपश्चिमेलीहरुले मनाउने पुसे पन्नर र गुरुङ्ग समुदायले मनाउने तमु पर्वको अवसरमा पुषे पन्नर विशेष कार्यक्रम गरिएको बताए । उनका अनुसार सुदूर तथा नेपालको लोक परम्परागत संस्कृति पुस्तान्तरणका साथै सरक्षणका लागि कार्यक्रम गरिएको छ ।

 

निर्देशक साउदले नियमित शैक्षिक अध्ययनका अतिरिक्त विद्यार्थीलाई नेपाली तथा सुदूरपश्चिमेली समुदायको लोक साँस्कृतिक परम्पराबारे जानकारी एव सरक्षण गराउने भूमिका निर्वाह गरिएको बताए ।

बरिष्ठ साहित्यकारद्वय बीर बहादुर चन्द(बिश्राम), रमेश पन्त(मितबन्दु)ले पुषे पन्नर बारे ब्याख्या गरेर महत्व बारे जानकारी गराएका थिए । महाकाली बहुप्राविधिक शिक्षालयका विद्यार्थीले विवित साहित्य, नृत्य, कविता, गित गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले शिक्षालय र विद्यार्थीले गरेको कार्यक्तमले विद्यार्थीलाई अतिरिक्त ज्ञान अभिप्रेरित हुने बताए ।

 

महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल सिह साउदको अध्यक्षता र भीमदत्त नगरका प्रमुख पदम बोगटीको प्रमुख आथित्यमा शिक्षालयका प्रशिक्षक चुडामणी शर्माले कार्यक्रम संचालन गरेका थिए । विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित