कञ्चनपुर, २३ पुष । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद् पुर्व तयारी गर्नका लागि समुदायका अगुवाहरुलाई अभिमुखिकरण तालिम संचालन गरेको छ ।
भीमदत्त नगरपालिका वन, वातावरण फोहोरमैला तथा विपद् व्यवस्थापन शाखाले सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई पुर्व तयारी गर्नका लागि समुदायका अगुवाहरुलाई अभिमुखिकरण तालिम संचालन गरेको हो । आइतबारदेखि वडा स्तरमा तालिम शुरु भएको वन, वातावरण फोहोरमैला तथा विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
वन, वातावरण फोहोरमैला तथा विपद् व्यवस्थापन शाखा प्रमुख मनोज प्रशाद भट्टले विपद् पुर्व तयारी, प्रतिकार्यका लागि समुदाय स्तरमा तालिम/अभिमुखिकरण शुरु गरिएको बताए ।
‘हामीले नगरभरीका १९वटै वडाहरुमा तालिम संचालन गरेका छौँ, ‘उनले भने, ‘चार कलष्टरमा विभाजन गरेर समुदायका अयुवा, खोज उद्दार एव प्राथमिक उपचारमा खटिनेलाई तालिम दिन लागेका छौँ ।’
शाखा प्रमुख भट्टले शुरुमै पुर्व तयारी गर्ने, विपद् आएपछि उद्दार, खोज तथा प्रथमिक, उपचारदेखिका राहतका कार्यक्रम बारे समुदायलाई सचेत गराएको बताए ।
उनका अनुसार पहिलो दिन महाकाली तटिय क्षेत्र ११, १२ र १३मा तालिम सकेर दोस्रोदिन सोमबार भीमदत्त नगरपालिका २ र १९मा संचालन गरिएको, सोही अनुरुप अन्य वडाहरुमा समेत सामुहिक तालिम संचालन गरिनेछ ।
उनका अनुसार गाउँ समाजमा घट्ने विपद् नियन्त्रण कसरी गर्ने र विपद्संग कसरी जुध्ने भन्ने विषयमा नागरिकहरुलाई प्रशिक्षित गरिरहेको बताए ।
‘विपद्का बेला बालबालिका, गर्भवती, असत्त, सुत्केरी, एकल महिला, जेष्ठ नागरिक लगायतका अन्य नागरिकलाई विपद्को जोखिमबाट कसरी बचाउन सकिन्छ भन्ने तर्फ समेत केन्द्रीत गरेका छौँ, ‘उनले भने, ‘विपदबाट बच्नुको लागि कसरी सचेतता अपनाउने , विपद्को पूर्व तयारीमा के गर्ने , क्षति कम हुन दिने विषयमा ध्यान केन्द्रीत गराएका छौँ ।’
तालिमका मुख्य प्रशिक्षक हिमालय थापाले सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई विपद्का बेला कसरी प्रतिकार्य बारे सिकाईरहेको बताए । उनका अनुसार विपदका सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक उद्दार प्रतिकार्यमा खटिन केन्द्रीत गराईरहेका छौँ ।
यसका साथै विपद्को न्यूनीकरण गर्नका लागि सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको भूमिका के हुने भन्ने कुरा तालिमका क्रममा सिकाइ रहेको बताए ।
मुख्य गरेर पालिका आफैले चासो दिएर विपद् व्यवस्थापन तालिम संचालन गरेपछि समुदायका अगुवा समेत हर्षित भएका छन । महाकाली नदी सहित चुरेबाट बग्ने दर्जनौँ खोला नदीका कारण भीमदत्त नगरपालिका विपद्को उच्च जोखिममा रहेको छ ।
यस बर्ष सयमै विपद प्रतिकार्यका लागि पालिका सरकारले समुदायलाई जागरुक बनाएसंगै केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post