महाकाली सिंचाईद्धारा बेलडाँडीको बैवाह–भुडा नहरको सडक मर्मत गरिदै

361
VIEWS

बेलडाँडी, २७ पुस । महाकाली सिंचाईद्धारा बेलडाँडीको बैवाह भुडा सडक खण्ड मर्मतको कार्य शुरु गरिएको छ । लामो समय देखि जिण अवस्थामा रहेको सडक पानी पिच सम्म गरिने महाकाली सिंचाई जल उपभोक्ता संघ केन्द्रिय समितिले जनाएको छ ।

 

जल उपभोक्ता संघका केन्द्रिय अध्यक्ष भीम बहादुर थापाका अनुसार बेलडाँडी गाउँपालिका –३ राधाकृष्ण मन्दिर देखि बेलौरी नगरपालिका –१० भुडा सम्म नहरको बाटो मर्मत गरिन लागेको जनाए । लामो समय देखि उक्त सडकको अवस्था जिण रहदा भुडा बैवाह भएर महेन्द्रनगर, बेलौरी धनगढी आवतजावत गर्न स्थानीयले निकै सास्ती खेप्नु परेका कारण आफुहरुले मर्मत कार्य गर्न लागेको अध्यक्ष थापाले जनाउनु भयो ।

 

उनले भने ‘बैवाह राधा कृष्ण मन्दिर देखि भुडा जाने पिच रोड सम्म सिवनगर नहरको सर्विस रोड मा ३६०० मिटर, विचमा ५९५ मिटर ग्रेवल र ३००५ मिटर ग्रेडर रोलिङ पिचिङ कार्य गर्न लागेको बताउनु भयो ।’ उक्त कार्य गर्न कार्यालयले ९ लाख सम्म विनियोजन गरेको उहाँले बताउनु भयो ।

 

 

 

 

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार