बेलौरीमा पनि मनाइयो ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

माधब पौडेल/२७ पुस। कञ्चनपुरको बेलौरीमा पनि ३०२ औं  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

कार्यक्रम मुल आयोजक समितिका अध्यक्ष टेक बहादुर साउदको अध्यक्षता बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी प्रमुख आतिथ्यता ,प्रेम सिंह बोहरा बिशिस्ट अतिथीमा अतिथिमा शिक्षाप्रेमी बुद्धिजीवी केशवराज जोशी,हर्क सिंह कुवर,कार्यक्रम मुल आयोजक समितीका सदस्य दिल्ली शाही,उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष यज्ञ कणेल लगायत विभिन्न पार्टी प्रतिनिधिको उपस्थिति रहेको थियो।बेलौरी बजार मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भूतपूर्व सैनिक, विभिन्न जातजाति, समुदाय, विद्यालयका बिद्यार्थी ,शिक्षक लगायतको सहभागिता रहेको थियो।

झाँकी सहित प्रभात फेरी गरी शुक्रबार बेलौरी बाल उद्यानमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण, बजार परिक्रमा, विभिन्न विद्यालयका तर्फबाट नृत्य तथा अन्य प्रस्तुतिहरु, कार्यक्रममा बोल्ने बक्ताहरुले सारगर्भित र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकतासँग सान्दर्भिक मन्तव्यहरू राखिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक खडक शाहले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित