कञ्चनपुर । लालझाडी गाउँपालिकामा पालिका स्तरीय १० सैया अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ।
लालझाडी ०३ नन्दगाउँमा राजेन्द्र रूद्रवती सिद्वनाथ जे.भि. निर्माण कम्पनी निर्माण कम्पनीले काम सम्पन्न गरेर हिजो आइतबार हस्तान्तरण गराएको पालिकाले जनाएको छ ।
६ करोड ५ लाख २ हजार ६ सय ५० रुपैया लागत रहेको उक्त भवन निर्माण कार्य सम्पन्न गरि एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको कम्पनीका प्रोप्राईटर किशोर ठकुराठीले जानकारी गराउनु भयो ।
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना राना चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नं. ०२ का अध्यक्ष आशाराम राना, वडा नं. ०३ का अध्यक्ष टिकाराम चौधरी, वडा नं. ०५ का अध्यक्ष पहल बहादुर थापा को रोहवरमा स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीलाई हस्तान्तरण गरिएको थियो।
अब छिट्टै पालिका स्तरीय अस्पतालका रूपमा विकास गरि सञ्चालनमा ल्याउने पालिका अध्यक्ष निर्मल रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार पालिका बासीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन पालिकाले गृहकार्य गरिराखेको जनाए ।
Discussion about this post