अत्तरिया महोत्सवमा आज बुधवार पुष्कल शर्मा र टंक तिमिल्सिना लगायतको प्रस्तुती रहने

1
VIEWS

अत्तरिया । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित लोक दोहोरी गायक पुष्कल शर्मा र टंक तिमिल्सिनाको प्रस्तुती रहने भएको छ ।

आयोजकका अनुसार शर्मा, तिमिल्सिना लगायत ६ जना कलाकारको प्रस्तुति रहने जनाएका छन् । जस्मा टिका जैशी,रेश बिसि,रमेश मल्ल र अमृत नाथ रहेको अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईले जनाकारी गराउनु भयो ।

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार