बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ (गौंडी) निवासी १४ वर्षिया बालक सम्राट थापालाई ब्लड क्यान्सर भएपछि आर्थिक अभावले उपचारमा समस्या भएको छ ।
उनको उपचारमा केहि सहजता होस् भन्ने उदेश्यले अमेरीकामा बस्दै आएका बेलडाँडीका लक्ष्मण जोशीले समेत आर्थिक संकल अभियान चलाएका छन् ।
आर्थिक स्थिति पहिले देखि नै नाजुक भएका थापा परिवारले कमै उमेरमा सहारा दिने श्रीमान गुमाएका थिए । छोराको मुख हेरेर यानत्यान दिनहरु विताइरहेकी आमालाई अर्को ठुलो बज्रपात आइलागेको छ । भविष्यमा सहाराको ठुलो खम्बाको रुपमा लिइ दिन बिताइरहेकी लीला थापालाई छोरालाई ब्लड क्यान्सर भएको थापा पाएपछि आकाशबाट खसे जस्तै भएको छ । ३०/३२ बर्षकै उमेरमा एकल महिला भएकी लीलाको परिवारमा यति बेला सहारा भन्नु केहि छैन् । न त लिला संग साझ विहान प्रस्त खान लगाउन छ न त बस्न राम्रो घर छ न घडेरी नै । यो परिवारमा आइपरेको बज्रपातले सिगों गाउँ नै पीडामा रहेको छ । अर्को तर्फ आर्थिक अभाव भएपछि दैनिक जीवन यापन कसरी चलाउने भन्ने पिरलो पनि थपिएको छ ।
मजदुरी गरेर जिविका चलाउने थापा परिवारमा खान लागाउन समेत निकै समस्या परेका बेला सहारा दिने छोरामा यस्तो समस्या देखिदा ठुलो संकट आइलागेको छ । थापा परिवारको समस्या आफ्नो समस्या सम्झिने गाउँले साथीभाई आफन्तहरु बालकको उपचारका लागि आर्थिक संकलनमा जुटेका छन् । बाबुको उपचारमा आर्थिक संकटले उनलाई निकै पिरोलेको छ । उपचार गर्न ३०/४० लाख भन्दा बढी लाग्ने भएपछि आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
दैनिक ज्यालादारी गरेर परिवारमा जीविकोपार्जन गर्दै आएका लीलाको श्रीमानको २ बर्ष अगाडी मृत्यु पछि परिवारमा ठुलो बज्रपात आइलागेको थियो । १४ बर्षीय क्यान्सर पिडित बालकलाई बचाउन आर्थिक अभाव भएकाले आफन्तले आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
ब्लड क्यान्सर पिडित १४ वर्षिया बालक सम्राट थापालाई…
Discussion about this post