विद्यालयका अध्यक्ष कलौनीद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई पोषाक सहित शैक्षिक समाग्री सहयोग

शंकर दत्त अवस्थी/कञ्चनपुर । कञ्चनपुरको एक सामुदाियक विद्यालयका अध्यक्षले आफ्नो जन्मदिनको अवसर पारेर विपन्न विद्यार्थीलाई पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका छन ।

भीामदत्त नगरपालिका ४ महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालयका अध्यक्ष अचुतराज कलौनीले जन्मदिनको अवसर पारेर विपन्न विद्यार्थीलाई पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका हुन । बुधबार एक कार्यक्रमका विच विद्यालयकमै पोषाकदेखि शैक्षिक समाग्री कापि,कलम सहितका समाग्री वितरण गरेका छन ।

अध्यक्ष कलौनीले आधारभूत तहका अध्ययनरत ५० जना विद्यार्थीलाई प्रति जोर स्वीटरदेखि शैक्षिक समाग्री वितरण गरेको बताए । आफ्नो जन्मदिनको अवसरमा समाजिक कार्य गर्नका लागि शैक्षिक समाग्री वितरण गरेको बताए ।

अध्यक्ष कलौनीले विपन्न विद्यार्थीको पठन पाठनमा सहजताका लागि विपन्न विद्यार्थीलाई सहयोग गरेको बताए । विद्यालयकै अध्यक्ष कलौनीले आफुहरुलाई कपडादेखि शैक्षिक समाग्री दिएको भन्दै विद्यार्थी हर्षित भएका छन ।

नेपाली काँग्रेस भीमदत्त नगरका अध्यक्ष समेत रहेका कलौनीले सामुदायिक विद्यालय सुधारका लागि अभियानकै रुपमा कामकाज अघि बढाएका छन ।

कार्यक्रममा विद्यालय प्रअ हरिराज विष्ट, लेखा अधिकृत लक्ष्मण दत्त भट्ट सहितका शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित