केशव थापा/बेलाैरी । बेलाैरी देखि बेलडाँडी घर फर्किने क्रममा पचुईको खप्टीनाला नजिक हुलाकी सडकमा बाघले मोटरसाइकलमा आक्रमण गर्ने प्रयास गर्दा बेलडाँडीका एक युवा दुर्घटनामा परेको छन् ।
बेलडाडी-३ खैरीघाट बस्ने जीवन चन्द अहिले साझ ६:३० बजे तिर घर फर्कने क्रममा एक्कासी बाघ मोटरसाइकल अगाडि देखापर्दा मोटरसाइकल दुर्घटना परेको पिडित चन्दले बताउनु भयो । बेलौरी पचुईको खप्टि नाला नजिक बाघ एक्कासी अगाडि जम्टिने गरि आयो, आफुले मोटरसाइकल कन्ट्रोल गर्ने होस् नहुदा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
केही दिन पहिला देखि यश क्षेत्रमा चितुवा देखि बाघ सम्म देखा पर्न थालेको स्थानीयहरूले बताउदै आएका थिए ।
Discussion about this post