अन्तर्राष्ट्रिय नारी दिवस मनाउने सम्बन्ध बारे भीमदत्तले चलायो बृहत् छलफल

कञ्चनपुर । अन्तर्राष्ट्रिय नारी दिवस मनाउने सम्बन्ध बारे भीमदत्त नगरपालिकाले सरोकारवालाहरू संग बृहत् छलफल गरेको छ ।

 

शुक्रवार भीमदत्त नगरपालिकाले विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधीहरु, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी,जनप्रतिनिधी सञ्चारकर्मीहरुसंग अन्तराष्ट्रिय नारी दिबसमा कस्ता कार्यक्रम गर्दा प्रभावकारी होला ? के कसरी कार्यक्रम मनाउन सकिन्छ ? भनेर छलफल गरेको भीमदत्त नगरपालिकाकि उप-प्रमुख तथा कार्यबाहक निलम लेखक जोशीले जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार सहभागीहरूको सुझाव अनुसार कार्यक्रम गर्ने तय भएको जनाए । दिवसको अवसरमा भीमदत्त नगरपालिका बाट श्रमिक महिलाहरु ,निर्वाचित महिला जनप्रतिनिधि , संघ सस्थामा कार्यरत महिला कर्मचारीहरु विच भलिबल, कबर्डी खेलहरुको आयोजना गरिने र रेडियो कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा कार्यरत महिलाहरु को जिवनमा आधारित रेडियो कार्यक्रमको पनि आयोजना गरिने जनाउनु भयो ।

सहभागीहरुले महिलाहरुलाई बढी भन्दा बढी सहभागी गराउने खालका कार्यक्रमहरुको आयोजना गर्न सुझाव दिएका थिए । साप्ताहिक रुपमा यो कार्यक्रमको आयोजना गरिनु पर्ने र विभिन्न कार्यक्रमको आयोजना गर्दा सबै गैर सरकारी संस्थाहरु, अधिकारकर्मीहरु, सञ्चारकर्मीहरुले पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित