धनगढी । सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने चिसापानी कर्णाली पुलबाट हिजो हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् ।
साेमबार हिजो कर्णाली पुलमाथिबाट हाम फालेका १७ मध्ये लम्कीचुहा नगरपालिका-३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएकाे प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीकाे खाेजी कार्य भइरहेको बताए ।
उनकाअनुसार साेमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिडिरहेका युवाकाे उक्त समूहलाई प्रहरीले कर्णाली पुल वारि नै राेक्न खाेजेकाे थियोे तर सामूहिक रूपमा तस्बिर खिच्ने भन्दै जबरजस्ती उनीहरू अघि बढेका थिए ।
“उहाँहरूलाई डिउटीमा रहेकाे प्रहरीले राेक्न खाेजेकाे रहेछ तर साथीभाइ धेरै पछि भेटिएकोले पुलमा फाेटाे खिचेर फर्किन्छाैँ भनी जबरजस्ती गरि अघि बढ्नुभएछ,” डाँगीले भने, “नदीमा हाम फाल्दाकाे अवस्थाबारे सूचना थिएन । हराइसकेपछि खबर आयाे । तत्काल उद्दारकाे प्रयास गरिएकाे थियाे तर सकिएन ।”
घटनाकाे समयमा प्रहरी निरीक्षक डाँगी भने माेहन्याल गाउँपालिकामा थिए । उनी त्यहाँ युवक मृत भेटिएकाे घटनाकाे अनुसन्धानका लागि गएका थिए ।
Discussion about this post