बेलडाँडीका बिष्ट बने योगामा लगातार चौंथो पटक मिस्टर योगी

बेलडाँडी । नेपाल योगा खेलकुद संघद्धारा आयोजित ५ औं राष्ट्रिय योगा च्याम्पियनसिपमा सुदूर पश्चिमबाट प्रतिनिधित्व गर्दै कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाका बिष्ट चौंथो पटक मिस्टर योगी बन्न सफल भएका छन् ।

 

बेलडाँडी गाउँपालिका वडा नं.३ बस्ने रोशन बिष्टले योगमा लगातार चौंथो पटक स्वर्ण पदक चुम्दै मिस्टर योगी नेपाल बनेका हुन् । काठमाडौंमा आयोजित ५औं राष्ट्रिय योगा खेलकुद च्याम्पियनसिपमा नेपाल भरबाट सहभागि भएकाहरुलाई पछ्याउदै बेलडाँडीका बिष्टले प्रथम स्थान हासिल गरेका हुन ।

सानै देखि योगामा पोख्त रहेका बिष्टले यो भन्दा पहिला ३ पटक स्वर्ण पदक प्राप्त गरिसकेका थिए । ४/४ पटक नेपाल टप हुदा समेत स्थानीय प्रदेश सरकारको ध्यान नपुग्दा स्थानीय वासी चिन्तित बनेका छन् । बिष्टमा भएको त्यो क्षमताको स्थानीय सरकारले पहिचान गर्न नसक्दा निब्छकी भन्ने चिन्ता समेत गरिन थालेको छ ।

यीनको संरक्षण र यीनलाई राज्यले यही काम दिने हो भने अधिकांस नागरिकहरुले रोगसंग लड्नु पर्ने थिएन । बिष्टका अनुसार योगाले स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु उपयुक्त हुन्छ । मानिसको अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको बताउदै हरेक मानिसलाई योगअभ्यास गर्नु अति आवश्यक रहेको जनाए । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहन्छन् । जसले गर्दा उनीहरुको जीवन साधारण र सुखमय रहने बताउछन् ।

बिष्ट भन्छन् स्थानीय सकारले व्यवस्थापकीय पाटो समालिदिएको भए यहाँका अधिकांस युवालाई शारिरीक रुपमा तन्दुरस्त बनाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित