एन्फा ऐकेडेमीका लागि बेलडाँडीबाट आकाश र अनिल छनौट, छनौट द्धय खेलडाँडीलाई सम्मान

बेलडाँडी । नेपाली फुटबल खेलको विकाश र विस्तार गर्न युवा विकाश परियोजना अन्तरगर्त अन्डर १३ मा बेलडाँडीका दुई छात्र छनौट भएका छन् । छनौट हुनेमा बेलडाँडीका आकाश पेला र अनिल बडवाल परेका छन् ।

एन्फाले खेलाडीहरुलाई ऐकेडेमीमा राख्दै सञ्चालन गर्नका लागि सुदुरपश्चिम प्रदेश स्तरीय युवा–१३ छात्र खेलाडी छनौट कार्यक्रम यहि चैत्र २४ र २५ गते गोदावारी नगरपालीका ८ स्याउले कैलालीमा सञ्चालन भएको प्रदेश स्तरीय छनौटबाट बेलडाँडी व्वाईज फुटवल ऐकेडेमीका पेला र बडवाल समेत छनौट भएको बेलडाँडी ब्वाइज फुटवल ऐकेडेमीका कोच दिनेश जोशीले जानकारी गराउनु भयो । सुदूरपश्चिम प्रदेश फुटवल संघले मंगलवार छनौट खेलाडीको नामावली सार्वजनिक गर्दै उक्त कुरा जानकारी गराएका हुन् ।

छनौट हुने दुबै खेलडाँडीलाई बेलडाँडी ब्वाइज फुटवल ऐकेडेमीद्धारा सम्मानका साथै आर्थिक सहयोग समेत गरेको कोच जोशीले जानकारी गराउनु भयो । जोशीका अनुसार आफुहरुको सानो अनुभव आदानप्रदानले आज साना-साना भाईहरुलाई फुटवलमा भविष्य बनाउने अवसर मिलेको प्रति खुसी व्यक्त गर्नु भयो । सुदूरपश्चिमबाट ऐकेडेमीका लागि ५८जना छनौट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित