बेलडाँडीमा खुला भलिबल प्रतियोगिता हुने

157
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला भलिबल प्रतियोगिता हुने भएको छ । शुभ दिपावलीको अवसर पारेर बेलडाँडी गाँउपालिका १ सिद्धचोकमा खुला भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रगति एकता समाजले सोमबार(कार्तिक ७)देखि भलिबल प्रतियोगिता संचालन हुने भएको छ । प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले विगतका बर्षहरुझै यस बर्षपनि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष विष्टले ग्रामिण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा प्रथम हुने टिमलाई ३५, दोस्रो टिमलाई २५ र तेस्रो टिमलाई ११ हजार नगद सहित ट्रफि प्रदान गरिनेछ । प्रतियोगिताका लागि आवश्यक तयारी भईरहेको प्रगति एकता समाजका अध्यक्ष विष्टले बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार