बेलडाँडी । बेलडाँडी गाउँपालिका-५ वडा कार्यालयले पशुवस्तुमा लाग्ने खोरेत रोग विरुद्ध खोप लगाउने अभियान बारे सूचना सार्वजनिक गरेको छ। गाउँकार्यपालिकाको मिति २०८२/०८/०८ को प.सं. २०८२/०८३ च.नं. ६१९ अनुसार भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, कञ्चनपुरको आयोजनामा भ्याक्सिनेसन टोली तोकिएका मिति, समय र स्थानअनुसार वडाका विभिन्न टोलहरूमा पुग्ने भएको हो।
वडा कार्यालयले वडाभित्रका सम्पूर्ण वासिन्दालाई आफ्नो घरमा रहेका गाई-वस्तुभैंसी लगायत सबै प्रकारका पशुहरुलाई खोप लगाउन आग्रह गरेको छ। खोप कार्यक्रम मंसिर १४ देखि २२ गते (२०८२/०८/१४–२२) सम्म बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ।
खोप कार्यक्रमका स्थानहरू : २०८२/०८/१४ गते वडा नं. ५ को गौशाला, २०८२/०८/१५ इमिलिया चौराहा, २०८२/०८/१६ राधे रानाको पसल नजिक, २०८२/०८/१७ वैजनाथ स्कुल नजिक, २०८२/०८/१८ – सिचाइ घर नजिक,२०८२/०८/१९ करन खडकाको पसल नजिक, २०८२/०८/२० विशाल खडकाको पसल नजिक, २०८२/०८/२१ विपद् व्यवस्थापन भवन नजिक, २०८२/०८/२२ सम्भु ओखेडाको घर नजिक
वडा कार्यालयले छुटपुट भएका पशुपालकले तोकिएका व्यक्ति वा वडाले तोकेको सम्पर्क व्यक्तिसँग सम्पर्क गरी खोपका लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेको छ।
सम्पर्क व्यक्ति:
१. कालुराम डगौरा – ९८०६४२८४५७
२. पूजा चौधरी – ९७०२९३००५०
३. रमेश प्रसाद जोशी – ९८०६४२१५३५
उक्त सूचना वडा अध्यक्ष ईन्द्रबहादुर खड्काद्वारा हस्ताक्षरित छ।



















Discussion about this post