बेदकोटमा रुख ढल्दा घर भत्कियो : एकको मृत्यु, अर्की महिला घाइते

कञ्चनपुर । मिति २०८२ फागुन १३ गते साँझ करिब २०:०० बजे कञ्चनपुरको वेदकोट नगरपालिका–३ पेलितालमा दुःखद घटना भएको छ। स्थानीय कुल बहादुर महताको काठ र माटोले बनेको टायलले छाएको कच्ची घरमाथि घर नजिकै रहेको कुसुमको रुख ढल्दा घर भत्किएको प्रहरीले जनाएको छ।

घर भत्किँदा घरभित्र रहेकी कुल बहादुर महताकी करिब ५० वर्षीया श्रीमती सारदा देवी महता च्यापिएर घटनास्थलमै मृत्यु भएको छ।

यसैगरी, सोही घरमा रहेकी उजिर सिंह महताकी करिब ४० वर्षीया श्रीमती सीता महता टाउको र शरीरमा चोट लागेर मध्यम घाइते भएकी छन्। घाइते सीता महताको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचार भइरहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित