अवस्थी सम्मानित, आर्थिक पत्रकारितामा योगदानको कदर

कञ्चनपुर : उद्योग वाणिज्य संघले आर्थिक पत्रकारितामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पत्रकार महादेव अवस्थीलाई सम्मान गरेको छ।

आइतबार संघको ३४औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा अवस्थीलाई दोसल्ला, नगद र प्रमाणपत्रसहित “आर्थिक पत्रकारिता पुरस्कार” प्रदान गरिएको हो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल तथा कञ्चनपुर उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष दिनेश मल्ल ले संयुक्त रूपमा नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मान गरेका थिए।

संघका महासचिव राहुल भट्टका अनुसार अवस्थीले आर्थिक क्षेत्रमा निरन्तर समाचार सम्प्रेषण गर्दै स्थानीय अर्थतन्त्र र व्यवसायिक गतिविधिलाई उजागर गरेको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो।

उक्त सम्मानले आर्थिक पत्रकारितामा सक्रिय पत्रकारहरूलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित