टिप्परले ठक्करदिँदा एक युवकको मृत्यु

कञ्चनपुर ।  टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

दोधारा चाँदनी नगरपालिका–१ स्याउले बजारमा शुक्रबार दिउँसो सु.प.प्र.०२–००१ ख ०५९८ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको युके ०६ए.एस ७९३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँका विवश चुनाराको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक नरेश लुहार घाइते भएका छन्। उनको बाँया खुट्टामा मध्यम चोट लागेको र उपचारका लागि आफन्तले भारतको खटीमा लगिएको बताइएको छ।

दुर्घटनापछि टिप्पर चालक फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित