दैजीमा ईभी हाईस दुर्घटना : १३ यात्रु घाइते, चालक नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-३ दैजीस्थित महेन्द्रराजमार्गमा सोमबार दिउँसो ईभी हाईस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्।

दिउँसो करिब ३ः३० बजे धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र. ०२–००१ ज ४९६ नम्बरको ईभी हाईस अनियन्त्रित भई सडक छेउको नालातर्फ पल्टिन लागेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला हाईसमा चालकसहित १७ जना सवार थिए। तीमध्ये १३ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये कृष्णपुर नगरपालिका-९ का ४३ वर्षीय पुष्करराज गिरी, बेदकोट नगरपालिका-१० का २० वर्षीय जीवनसिंह कडाल, टिकापुर नगरपालिका-९ कैलालीकी ४५ वर्षीया राधादेवी शाह तथा धनगढी उपमहानगरपालिका-५ की २५ वर्षीया सम्झना सिंहको अवस्था मध्यम रहेको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

हाईस चालक बेदकोट नगरपालिका-९ सुन्दरपुर निवासी २८ वर्षीय हेम जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको र सडक यातायात भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित