बेदकोट नगरपालिका वडा नं.९ को प्रशासकीय भवनको शिलान्यास

प्रकाश भट्ट/कञ्चनपुर-

वेदकोट नगरपालिकाको वडा नं ९ कार्यालय भवन शिलान्यास भएको छ ।

निर्माण हुन लागेको ५ कोठे सुविधा सम्पन्न भवनको सोमबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले एक कार्यक्रमबीच भवन शिलान्यास गरेका हुन् ।

४९ लाख ३२ हजार ८३० रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सुविधा सम्पन्न भवन समयमै सम्पन्न हुने नगर प्रमुख बोहराले बताउनु भयो । यश भवनका कारणले निकट भविष्यमा दिगो समयसम्म सेवाग्राहीहरू लाभान्वित बताए।

उक्त भवन निर्माणका लागी वडा नम्बर ९ का स्थानीय रामी भाटले जग्गा दान गरेका हुन्। ५ कोठे भवन ३ महीनामा निर्माण गरिसक्ने लक्ष्य लिएर आफूहरूले काम अगाडि बढाएको निर्माण कम्पनीले जनाएको छ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष राम धामी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि तथा समाजसेवी लगायतको भव्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित