बेदकोट नगरपालिका वडा नं.९ को प्रशासकीय भवनको शिलान्यास

42
VIEWS

प्रकाश भट्ट/कञ्चनपुर-

वेदकोट नगरपालिकाको वडा नं ९ कार्यालय भवन शिलान्यास भएको छ ।

निर्माण हुन लागेको ५ कोठे सुविधा सम्पन्न भवनको सोमबार वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले एक कार्यक्रमबीच भवन शिलान्यास गरेका हुन् ।

४९ लाख ३२ हजार ८३० रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त सुविधा सम्पन्न भवन समयमै सम्पन्न हुने नगर प्रमुख बोहराले बताउनु भयो । यश भवनका कारणले निकट भविष्यमा दिगो समयसम्म सेवाग्राहीहरू लाभान्वित बताए।

उक्त भवन निर्माणका लागी वडा नम्बर ९ का स्थानीय रामी भाटले जग्गा दान गरेका हुन्। ५ कोठे भवन ३ महीनामा निर्माण गरिसक्ने लक्ष्य लिएर आफूहरूले काम अगाडि बढाएको निर्माण कम्पनीले जनाएको छ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष राम धामी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि तथा समाजसेवी लगायतको भव्य सहभागिता रहेको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार