बेलौरी नगरपालिकाले नागरिकलाई निःश्ल्क रगत उपलब्ध गराउने

30
VIEWS

कञ्चनपुर: 

कञ्चनपुरको बेलौरी नगरपालिकाले नगरवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखासँग बेलौरी नगरपालिकाले त्यसबारेमा सम्झौता गरेको छ ।

 

नगरवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निशुल्क उपलब्ध गराउने उद्देश्यले रेडक्रस संग सम्झौता गरिएको बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयको छ। ूनगरपालिकाका भित्रका बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन ।

पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ,ू उनले भने, ‘आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको बन्दोबस्ती मिलाएको हुँ ।’

 

बेलौरी नगरपालिकाका भित्रका नागरिकले ठेगना खुल्ने प्रमाणपत्रहरू उपलब्ध गराएपछि निःशुल्क रगत उपलब्ध गराउने र उक्त प्रमाणहरू नभय सम्बन्धित वडा कार्यालयको सिफारिश आवश्यक पर्ने विपत शाखा प्रमुख एंव रेडक्रस कंचनपुर जिल्ला सदस्य अशोक पाण्डेयले जानकारी दिनुभयको छ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार