बेलडाँडी विकास गरिदिन स्वतन्त्र पार्टी बेलडाँडीद्वारा संघिय सांसद तामाङको ध्यानाकर्षण

बेलडाँडी/२८ कार्तिक । बेलडाँडी राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बेलडाँडीको विकास गरिदिन संघिय सांसद तारालामा तामाङको ध्यानाकर्षण गराएको छ ।

 

बेलडाँडी स्वतन्त्र पार्टीले मंगलवार अन्तरक्रिया तथा चियापान कार्यक्रमको आयोजना गर्दै बेलडाँडी क्षेत्रका जनताले भोग्नु परेको समस्याका विषयमा सांसद तामाङको ध्यानाकर्षण गराएको बेलडाँडी सभापति तेज सिंह धामीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार हुलाकी सडक खण्ड निमार्ण कार्य अलपत्र परेकाले तुरून्त कार्य सुचारू गराउन आग्रह गर्नु भयो । सयाैं विघा जमिन दलदलमा परिणत भएकाले यसको समाधान गराउन सरकार समक्ष जनताका पीडा लैजाई दिन अनुरोध गर्नु भयो ।


यस्तै स्वतन्त्र पार्टीका नेता जनक धामीले यस क्षेत्रका जनताले सडक,स्वास्थ,शिक्षा, मलखाद, खानेपानी लगायतका प्रमुख समस्या भोग्नु परेको बताए । उहाँका अनुसार हुलाकी सडक निर्माणमा भएको ढिलासुस्तिका कारण आफुहरूले सुतेको सरकारलाई बिउझाउन ६४ किलो मिटर पैदल यात्रा गर्दा समेत सरकार नबिउझिदा अझै नया कार्यक्रम गर्ने बताउनु भयो ।

संघिय सांसद तारालामा तामाङले क्षेत्र विकासका लागि आफुले संसदमा बारम्बार कुरा राख्दै आएको बताउदै क्षेत्र विकासका निम्ति लागि पर्ने बताए । सरकारले यो क्षेत्र विकासमा विभेद गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
लालझाडी, पुनर्वास, बेलौरी र बेलडाँडीका पालिकाहरूद्वारा गृहमन्त्री लेखकलाई ज्ञापन : हुलाकी राजमार्ग विस्तारदेखि दोदा, चाैधर नदि नियन्त्रणका लागि पहलको अनुरोध
भर्खरै प्रकाशित