बेलडाँडी, ७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडी सभापति तेज सिंह धामीले बेलडाँडीका शिक्षक शंकर चिमाडी सर बचाऔं अभियानमा आर्थिक सहयोग गर्ने भएका छन् ।
बेलडाँडी गाउँपालिका वडा नं ५ मा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडी विद्यालयमा पढाउने बेला एक्कासी कुर्सीबाट लडेर अचेत भएपछि उनलाई नवजिवन अस्पताल धनगढी लगिएको थियो । लडेर टाउकोमा गम्भीर चोटका लागेपछि नशामा रगत जमेको अस्पताल श्रोतले जनाएको छ । टाउकोको अप्रेशन पश्च्यात पनि उनलाई होस नआएपछि साथीभाईहरुले उनको उपचारको लागि आर्थिक सहयोग संकलन अभियान चलाएका छन् ।
४ दिनदेखि अस्पतालमा रहदा उनको ठुलो खर्च भएको छ भने उनको आर्थिक अवस्था नाजुक रहेकाले उनलाई बचाऊ अभियानमा साथीभाई छरछिमेकीहरुले आर्थिक संकल अभियान चालाएका हुन ।
सोही क्रमामा बेलडाँडीका युवा व्यवसायी तथा राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेज सिंह धामीले समेत ५ हजार १ सय आर्थिक सहयोग गर्ने भएका छन् । धामीका अनुसार आज १० बजे बैंक खुलेपछि खातामा सयोग बाफतको रकम पठाइदिने बताएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी बेलडाँडी गाउँपालिका वडा नं.१ का सभापति लोकेन्द्र शाह, कोपिला खडका, बैजनाथ विद्यालयका शिक्षकहरुले समेत आर्थिक सहयोग गरिहेको जनाइएको छ ।
Discussion about this post