सशस्त्र प्रहरीद्वारा झण्डै चार लाख बराबरका अवैध समान बरामद

कञ्चनपुर, १० मंसिर । सशस्त्र प्रहरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रबाट झण्डै चार लाख बराबरको अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले भीमदत्त नगरपालिका १० चौकीसाता सीमावर्ती क्षेत्रबाट भन्सार चोरीछलीका अवैध समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी इन्चार्ज सशस्त्र प्रहरी उपरीक्षक सुदन आचार्य नेतृत्वको टोलीले चौकीसाता क्षेत्रबाट भन्सार छलीको अवैध समान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावलले भारतबाट चोरी तस्करी गरेर भन्सार छलेर समान नेपाल भित्र्राउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिएसपी आचार्य नेतृत्वको टोलीले उक्त समान बरामद गरेको बताए ।

उनका अनुसार ३लाख, ९७ हजार ९सय बराबरको भन्सार छलीको समान बरामद गरेर भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ । तस्कर समुहले भन्सार चोरीछली गरेर जुत्ता सहित विविध किराना पसलका समान बरामद गरेर भन्सार चलान गरिएको छ ।

यसैविच सीमा सुरक्षा गुल्म गड्डाचौकीकै टोलीले दुई दिन अघि मात्रै भीनपा १० भन्सार रोड क्षेत्रबाट दुई महिला सहित १२ हजार बढिको अवैध समान बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित