बेलडाँडीमा विद्युत सव-स्टेशन र कोल्डस्टोर निर्माणका लागि ठाउँ खालि गरिएन, पालिकाद्वारा तेस्रो पटक सूचना जारी

228
VIEWS

बेलडाँडी/ १० मंसिर । बेलडाँडीमा विद्युत सव-स्टेशन र कोल्डस्टोर निर्माणका लागि स्थानीयद्वारा ठाउँ खालि नगरिए पछि पालिकाले तेस्रो पटक घर टहरा हटाउने सम्बन्धि सूचना जारी गरेको छ ।

 

बेलडाँडी गाउँपालिका वडा नं. २ अन्तर्गत पूर्व बाटो तथा मोडेल चाईल्ड बोर्डिङ्ग स्कूल, पश्चिम नहर, उत्तर बाटो तथा दक्षिण वनक्षेत्रको सिमाना यती ४ (चार) किल्ला भित्रको सरकारी तथा सार्वजनिक जग्गामा विद्युत सब-स्टेशन र कोल्डस्टोर निर्माण हुने भएकाले निर्माण कार्य सुरु गर्न सो क्षेत्रभित्र रहेका घर टहरा हटाउन हुन भनि मिति २०८०/०६/१५ गते ३५ दिने र मिति २०८०/०७/२४ गते १५ दिने सार्वजनिक सूचना जारी गरिएकोमा हालसम्म पनि घर टहराहरु नहटाउँदा निर्माण कार्यमा अवरोध भईरहेकोले तत्कालै विद्युत सव-स्टेशन र कोल्डस्टोर निर्माणको कार्य सुरु हुने हुँदा उक्त चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा बनेका व्यक्ति तथा संघ-संस्थाका सम्पूर्ण घर टहराहरु यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र हटाउन हुन सम्बन्धीत सबैको जानकारीको लागि पुनः सार्वजनिक सूचना जारी गरेेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार