झापामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा:

झापामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।मेचीनगर नगरपालिका(६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्य पक्राउ परेका हुन्।

 

उनलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।आचार्यले ती बालिकालाई मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएका छन् ।

 

अनुसन्धानको क्रममा जगतमणिका दाइ ३७ वर्षीय बालकुमार आचार्यले बालिकालाई ललाइफकाइ भेटाएको भन्ने खुल्न आएकाले उनलाईसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाईएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित