कैलालीमा ६ वटा अबैधानिक औषधि पसल फार्मेसी र क्लिनिक कारबाहीमा

कैलाली:

कैलालीमा खुलेका केहि औषधि पसल नै अबैधानिक भएको अनुगमनका क्रममा फेला परेका छन्जिल्लाभित्र खुलेका ६ वटा फार्मेसी तथा क्लिनिक कारबाहीमा परेका छन्। औषधि व्यवस्था विभागको टोलीले अनुगमन क्रममा ६ वटा फार्मेसी तथा क्लिनिकलाई कारबाही गरेको छ।

 

मंसिर १७ गतेदेखि शनिबारसम्म कैलालीका विभिन्न स्थानमा रहेका फार्मेसीहरुलाई कारबाही गरेको औषधि व्यवस्था विभागको टोलीले बताएको छ।अनुगमनका क्रममा दर्ता बिना सञ्चालन रहेका, अयोग्य व्यक्तिले सञ्चालन गरेको, होमियोप्याथिकमा दर्ता भई एलोपेथिक औषधि विक्री वितरण गर्ने लगायतका ६ वटा फार्मेसीलाई कारबाही गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्रकुमार शाहले जानकारी दिएका छन् ।

 

उनका अनुसार कैलालीको बर्दगोरिया–३ खैरेनी तापस लस्करविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ भने गौरिगंगा नगरपालिका–१ मञ्श्री आयुर्वेद र श्रीवास्तक मेडिकल तथा अत्तरियामा रहेको श्रीजी सर्जिकल सप्लायर्समा शिलबन्दी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित