मापदण्ड विना घाट सञ्चालन गरेको भन्दै भुजेलाका स्थानीयको बिरोध

महेन्द्रनगर/ २७ मंसिर । महाकाली नदीको नदीजन्य पदार्थ उत्खनन संकलन र बिक्री वितरणको ठेक्का सम्झौता भईसकेपछि मापदण्ड विना घाट सञ्चालन गरेको भन्दै स्थानीयले विरोगरेका छन् ।

 

आज वुधवार विहान ठेकेदार, जनप्रतिनिधि र आफ्नो सचिवालयको टिम लिएर घाट पुगेका भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी सहितको टिमको भुजेलाका स्थानीयले विरोध गरेका छन् ।
उनीहरुले ठूलो सवारी साधनलाई महाकालीमा जान दिएका छनैन् । नगरपालिकाले मापदण्ड विना घाट खुलाएपछि आक्रोशित भएका हुन ।

भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापाले ठेक्का सम्झौतापछि मापदण्ड विना घाट सञ्चालन गरेको भन्दै स्थानीयले आक्रोश पोखेको बताउनु भयो । उहाँका अनुसार मापदण्ड बनाएर ठेक्का खोलेको भए राम्रो हुने बताउनु भयो । स्थानीयको गुनासोलाई सम्बोधन हुने गरि घाट सञ्चालनमा ल्याउन आग्रह गर्नु भयो ।

 

मंगलबार महाकाली नदीको रोयल्टी संकलनका लागि ठेक्का सम्झौता भएपछि घाट खोलिएको थियो । नगरपालिकाले असोज १ गतेदेखि खोल्नु पर्ने घाट झण्डै तीन महिनापछि खोलेको हो । गत वर्ष अमानतबाट राजश्व संकलन गरिएको थियो ।

 

काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का सम्झौता गरेको छ । काठमाडौको यो फर्मका नाममा जिल्लाका ठेकेदारले ठेक्का लिएका छन् । मंगलबार ठेक्का सम्झौता भएपछि भीमदत्त नगरपालिकाले घाट खुल्ने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित