गोदावरीमा साहसिक खेल ‘जिप लाइन’ सेवा शुरू

गोदावरी । गोदावरीमा जिप लाइन सञ्चालनमा आएको छ । धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरुले जिप लाइन सञ्चालनमा ल्याएका हुन् ।

 

बुधबार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले जिप लाइनको उद्घाटन गरेका हुन् । गोदावरी पुलभन्दा ४ सय मिटर माथी रहेको स्टेसनबाट करिब १ किलोमिटर जिपलाइनको मजा लिएर वारी आउन मिल्ने छ । जिप लाइनले गोदावरीको रौनकनै अर्कै बनाएको छ ।

पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको ‘जिप लाइन’ ले युवाहरुको मन लोभ्याइदिएको छ । ‘पिकनिक’ खान र घुम्नका लागि मात्रै गोदावरी पुग्नेहरु अब त्यत्तिकै फर्कनुपर्दैन । उनिहरुले अब प्याराग्लाइडिङ, बञ्जीजस्तै साहसिक खेल ‘जिपलाइन’को मज्जा लिन पाउने भएका हुन् ।

गोदावरीमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि यसले धेरैको मन जितेको छ । गोदावरी जिप लाइनले २ करोडको लागतमा साहसिक खेल ‘जिपलाइन’ को सञ्चालनमा ल्याएको हो ।
साहसिक खेल ‘जिपलाइन’ नेपाली पर्यटन बजारको क्षेत्रमा नितान्त नयाँ र फरक प्रडक्ट मान्न सकिन्छ । यसअघि सुदुरपश्चिमका केही क्षेत्रमा जिप लाइन सेवा भएपनि यो सबैभन्दा लामो जिपलाइन हो ।


‘नेपाल आउने पर्यटकले औधी रुचाउने जिप लाइन नेपाली पर्यटकमाझ पनि लोकप्रिय नै बनेको जिप लाइनका सञ्चालक दिनेश खड्काले बताए । उनले भने, ‘यही बाटो भएर आउने आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक आफ्नो सवारी रोकेरै भएपनि ‘जिपलाइन’ को मज्जा लिने गरेका छन् । धनगढीबाट नजिक र पर्यटकीय दृष्टिकोणले पनि परिचित ठाउँ भएकोले गोदावरीलाइ नै रोजेर यो व्यवसाय शुरु गरेको उनको भनाई छ ।

जिप लाइनको उद्घाटन गर्दै भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले शुभकामना ब्यक्त गरे । जिप लाइनले यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई छ ।

पछिल्लो समय बढ्दै गएको निजि लगानीलाई सुरक्षित गर्ने र थप लगानी भित्र्याउने सरकारले लक्ष लिएको छ । यहाँको पुर्वाधार तथा धार्मिक पर्यटकिय क्षेत्रको बिकासमा बिभिन्न सरकारी तथा गैर सरकारी निकाय संग सहकार्य गर्ने प्रदेश सरकारले जनाएको छ ।

यहाँ आउने लगानीलाई सुरक्षित राख्नुपर्ने सबैको दायित्व रहेको बताउँदै प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवाले सरकारले थप लगानीको वातावरण बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

डोरीमा उड्न कति तिर्नु पर्छ ?
अन्य खेलको तुलनामा ‘जिपलाइन’ अर्थात डोरीमा झुण्डिएर खेलिने यो खेल निकै रोमाञ्चक मध्येको एक हो । यसमा सामान्य प्राविधिक त्रुटि भएमा खेलाडीहरुको ज्यान पनि जान सक्छ । तर यसका लागि कम्पनीले बिशेष ध्यान पु¥याएको छ । साहसिक खेलका लागि प्रतिव्यक्ति रु ७ सय शुल्क निर्धारण गरेको छ ।

धार्मिक पर्यटकिय गन्तब्य रहेको गोदावरीमा अन्य निजि लगानीले थप पर्यटक तान्न भुमिका खेलेको छ । बिदाको दिन गोदावरीमा आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित