सिमा अवलोकनमा बोलाइएको टेक्टर नदीमा फस्यो, टेक्टरमा पानी पसेपछि टेक्टर धनी तनावमा

बेलडाँडी, १३ पुस । विहिवार कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी झिलमिला शुक्लाफाँ राष्ट्यि निकुञ्ज संग जोडिएको सिमा अवलोकका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली बोकेको टेक्टर चौधर नदिमा फस्दा टेक्टरको इन्धन भित्र पानी पस्दा टेक्टर धनीलाई तनाब भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी नेतृत्वको टोलीले बेलडाँडी गाउँपालिका झिलमिला स्थित नेपाल भारत सीमा क्षेत्रमा रहेका ७८६/१ र ७८७ विचवाला नदिको पुर्वी तिरको पिल्लरको अनुगमन गरेर नदी पारीको जङ्गे पिलर नं. (७८७) पुरोना २८ नंं.सम्म जानका लागि हिडेको टेक्टर टोली सहित नदिमा फसेपछि उक्त पिल्लर सम्म टोली पुग्न सकेको थिएन ।

 

टेक्टरमा लोड भएका कारण टेक्टर पानीमा भासियो, उत्रेर टेक्टरलाई धक्का देऊ भन्दा समेत कोहि नउत्रिदिदा टेक्कटर झिन फसेको टेक्टर धनी देव बहादुर खडकाले दुखेसो पोख्नु भयो । उनले भने “टेक्टर फस्ने बित्तिकै सबैले धक्का दिएको भए टेक्टर डुब्ने थिएन, टेक्टर डुबेर इन्धनमा समस्या आएको उनले बताए ।”

 

३ घण्टा भन्दा बढी टेक्कटर पानीमा डुबेकाले टेक्कटरको सबै पार्टमा पानी पसेकाले समस्या हुदा समेत बोलाउने नेपाली सेना क्याम्प पोष्ट र विओपी झिलमिला पोष्टले कुनै चासो नदेखाएको खडकाको दुखेसो छ ।

 

टेक्टर निकाल्नका लागि पालिकाले जेसिभी पठाउदा टेक्टर निकालेर आफुहरु आइसकेका थियौं टेक्टर ३ घण्टा पछि आयो तव सम्म आफुहरुले भारतियहरुको सहयोगमा टेक्कटर निकाल्न सफल भर्यौ तर टेक्करमा भएको क्षति कसले बेहोरिदिने भन्ने आफुलाई चिन्ता भएको जनाए ।

 

यस्तै युवा समाजसेवी नैन बहादुर रोकायाकाले भने “नदि तरने कुनै पनि साधान नभएकाले सामुदायिक वनका अध्यक्ष देव ब. खड्कालाई टेक्टर ल्याउन भने पछी घरबाट उनले टेक्टर मंगाएको हो ।”

“हामी सबैजना टेक्टरमा नदि क्रश गर्ने क्रममा ट्रालीमा वजन धेरै भएका कारण बिचनदीमा टेक्टर धस्न पुग्यो,अनि हामीले सीडियो सरलाई बोकेर बाहिर निकाल्यौं र बककाकी सबैजना खै कसरी निक्लेर एकछीन किनाराबाट तमासा हेरे विडियो बनाए र गन्तब्य न पुगी फर्के र आ–आफ्नो बाटो लागे,सामुदायिक वनका अध्यक्षले गा.पा. अध्यक्षलाई जेसीवीका लागी भनेका थिए तर खै किन आएन । कमसे कम ३,४ घण्टाको मेहनत पछी मात्र टेक्टर निकलिएको छ ।”

 

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले टेक्टर डुबेको प्रति दुःख व्यक्त गर्दै पालिकाबाट हुने सहयोगका लागि आफुले छलफल गर्ने बताउनु भयो । उनले भने टेक्टर डुबेकै बेला हामीले त्यहीबाट कल गरेर जेसिभी बोलाएका थियौं, जेसीभी ढिला पुगेछ तव सम्म टेक्टर निकाली सकेको आफुलाई जानकारी प्राप्त भएको जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित