सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिद्वारा सपथग्रहण

3
VIEWS

सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रुपमा निर्वाचित भएका छन् । चारै जनाको सपथग्रहण समेत भएको छ ।प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ती पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीले माया पन्त छन् ।

निर्वाचित सभापतिहरुमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा एमाले , चौधरी नागरिक उन्मुक्ती र पन्त नेकपा एकीकृत समाजवादी का प्रदेश सभा सदस्य हुन्।उहाँहरुले मङ्गलबार सभापति पदमा मनोनयन गर्नु भएको थियो ।

नेकपा माओवादी केन्द्र ले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबिच भएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार