नागरिक उन्मुक्ति पार्टीको टिकापुरमा आजदेखि पहिलो महाधिवेशन हुदै

टीकापुर । आजदेखि नागरिक उन्मुक्ति पार्टीको टिकापुरमा पहिलो महाधिवेशन शुरु हुने भएको छ ।

 

कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

रेशम चौधरीले जेलबाट संरक्षक रहेर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन भब्यताको साथ मनाइने तयारी गरिएको छ । महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ ।

नेताहरूका अनुसार पार्टीको अध्यक्ष रेशम चौधरी बनुन भन्ने रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित