भारतको म्याङ्ग्लोरमा आउदो आइतवार माघी विशेष देउडा कार्यक्रम आयोजना हुदै

म्याङ्ग्लोर । भारतको म्याङ्ग्लोरमा आउदो आइतवार माघी विशेष देउडा कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली लोक संस्कृति संरक्षण मञ्च म्याङ्ग्लोरको आयोजनमा भारतीय समय अनुसार जनवरी २१ तारिख आइतवार दिउसो १ बजे देखि म्याङ्ग्लोरको तुलु भवन उर्वा स्टोर महागणपति मन्दिर नजिक माघी विशेष देउडा कार्यक्रम हुने भएको कार्यक्रमका सह-संयोजक पदम खडकाले जानकारी गराउनु भयो ।

 

खडकाका अनुसार देउडाको जर्गेना तथा विदेशी भुमिमा बसेकाहरुलाई मनोरञ्ज दिनका लागि पर्खर देउडिया गायक लक्ष्मण अधिकारी दुबैको लाहुरेलाई बोलाइएको बताए । ‘अहिले मानिसहरूले संस्कृति र परम्पराका बारेमा नबुझेर नयाँनयाँ तरिकाले मनाउन खोज्छन्, यसले देउडाको मौलिकता नै गुम्ने खतरा छ,’ ‘देउडा मनाउने निश्चित परम्परा, शैली छ, त्यही परम्परा अनुसार मान्नुपर्ने हुन्छ ।’

 

कार्यक्रमको मुख्य आकर्षकका रुपमा अधिकारी रहनु भएको छ भने कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी कृष्ण दत्त जोशी बोक्सर रहेका छन् । कार्यक्रम सहजिकरण अध्यक्ष धर्म राज भण्डारी, संयोजक राजु थापा, सह-संयोजक पदम खडका, दान खडका, दिनेश, गणेश चन्द लगायतकाहरुले गरेका छन् । कार्यक्रममा उपस्थिति जनाउन सबै नेपालीलाई आवहान गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित