बेलौरी । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रिय सभापति गोपि प्रसाद उपाध्यायले बेलौरी–९ रतनपुरका २ जना अपाङ्ग जेष्ठ नागरिकलाई अपाङ्ग मैत्री ह्वील चियर बितरण गर्नुभएको छ ।
शुक्रबार बेलौरी नगरपालिका वडा नम्बर ९ बस्ने कलावती भट्ट र सर सुनार लाई ह्वील चेयर प्रदान गरिएको सभापति उपाध्यायले बताउनु भयो । बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किशन सिंह राना,वडा सदस्य लगायत नेपाली काङ्ग्रेसका कार्यकर्ता लगायतको उपस्थितिमा अपाङ्ग मैत्री ह्वील चियर बितरण थियो ।
सभापति उपाध्याय यस्ता दुखी पिडित, गरिबको पक्षमा आफु सधै देखि काम गर्दै आएको बताउदै आगामी दिनमा समेत यस्ता व्यक्तिहरुलाई आफ्नो पहलबाट हुने कार्य जारीनै राख्ने वहाँले बताउनु भयो । ह्वील चेयर पाएपछि उनीहरुमा खुसी छाएको छ ।
Discussion about this post