निड्स नेपालद्वारा रनी विवस सहित कञ्चनपुरका चार पत्रकारलाई सम्मान

कञ्चनपुर, फागुन २० । राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स नेपाल)ले कञ्चनपुरका चार पत्रकारलाईं सम्मान गरेको छ । निड्स नेपाल कञ्चनपुरले आइतबार बेलौरीमा रजत जयन्ती मनाउँदै जिल्लाका चार पत्रकारलाई सम्मान गरेको हो ।

संस्थाले अघि सारेका विभिन्न योजनमा संचार माध्यमबाट आवाज मुलन्द गर्ने पत्रकारलाई सम्मान गरेको जनाएको छ । विकल्प दैनिकका कार्यकारी सम्पादक रवि विवस, सुदूरदर्पण दैनिकका सम्पादक भाष्कर केसी, प्राईमटाईका पत्रकार डिल्लीराज पन्त र नेपाल खबरका पत्रकार गोकुल जोशीलाई सम्मान गरिएको हो ।

पत्रकार विवस कार्यक्रममा भौतिक सहभागि हुन नसकेपनि उनलाई पछि प्रमाण पत्र दोसल्ला हस्तान्तरण गरिने र बाँकी पत्रकारत्रय केसी, पन्त र जोशीलाई निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले दोसल्ला ओढाउँदै प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

समाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाबाट कामको मुल्याङ्गकन गरेर सम्मानबाट आगामी दिनमा थप काम गर्ने उर्जा थपिएको सम्मानित भएका पत्रकारहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित