कुहिएको अवस्थामा महेन्द्रनगरको खुल्ला मञ्च पछाडी एक युवाको शव फेला

903
VIEWS

महेन्द्रनगर । महेन्द्रनगरको खुला मञ्चको पछाडी एक जना पुरुषको शव कुहिएको अवस्थामा फेला परेको छ ।

 

खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले शब्जीमण्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुख संग टासिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको हो । अन्दाजी २४/२५ वर्षिय युवक कुहिएको अवस्थामा भेटिएको जनाईएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीका अनुसार शव कुहिएको अवस्थामा आज फेला परेको जनाए । अहिले सम्म शवको पहिचान हुन नसकेको उनले बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार