केशव थापा,कञ्चनपुर– कञ्चनपुरका पत्रकारहरुले संस्कृति जर्गेना संगै रमाईलोका लागि खेलेको होलीबाट संकलन भएको रकमबाट बृद्धआश्रममा समेत सहयोग गरेका छन । बेदकोट नगरपालिका ७ र ८ रौटेलामा रहेको बैजनाथ बृद्धआश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल तथा मासु चिउरा सहयोग गरेका हुन ।
विभिन्न संचार माध्ययमा कार्यरत जिल्लाका पत्रकारहरुले खेलेको होली बाट संकलन भएको रकमबाट हिजो बाल अनाथालय शैक्षिक, तथा खेलकुद सामग्री र आज रौटेला स्थित बृद्धआश्रममा फलफुलका साथै मासु चिउरा समेत वितरण गरेको नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव राजेन्द्र प्रसाद अवस्थीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार साथीभाईहरुले रमाईलोका लागि खेलेको होलीबाट संकलन भएको रकमबाट पत्रकारको क्षमता अभिबृद्धिका लागि अवलोकन भ्रमणका साथै विभिन्न अति आवश्यक ठाउँमा खर्च गर्न थालेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले समेत आज पर्न गएको जन्मदिनको अवसरमा फलफुल वितरण गरेका थिए ।
नियमित कामका साथै पत्रकारहरुले एकातिर होली पर्व खेलेर धर्म संस्कृतिको सरक्षण अर्कातिर समाजिक काम गरेको भन्दै समाजका अगुवाहरुले पत्रकारहरुप्रति आभार प्रकट गरेका छन ।
Discussion about this post