त्रिशूलीमा ट्याक्सी दुर्घटनाका ५ जना मृतकको पहिचान, एकजना बेपत्ता

प्रहरीका अनुसार दुर्घटनामा गोरखा नगरपालिका-४ फिनाम की ७० वर्षीया जुनकुरी रोका,  हरिमाया रोका,  याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटी रहेका छन् ।

 

दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनी पनि गोरखाकै फिनामका विवश रोका रहेको प्रहरीले जनाएको छ ।बेपत्ता विवशको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको हो ।

अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए ।

 

खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए । अनलाइन खवरबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित