पुनर्वासका पत्रकार सुनिल सम्मानित

बेलडाँडी । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाबाट प्रकाशित हुने हाम्रै साझा पत्रिका प्रधान सम्पादक सुनिल कुमार लो सम्मानित भएका छन् । नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेश समितिको २०८० चैत १७ गते सम्पन्न दोस्रो अधिवेशनको अवसरमा तामाङ भाषा, कला र संस्कृतिलाई उजागर गर्न हाम्रै साझा पत्रिका अनलाईन पोर्टलका माध्यमबाट प्रकाशन तथा प्रशारण गरी महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई प्रशंसा पत्र सहित सम्मान गरिएको समितिले जनाएको छ ।

लामो समय देखि पत्रकारिता गर्दै आएका लोले पत्रकारिताको पहिलो पाइला २०६४ साल तिर तत्कालिन गेटामा रहेको रेडियो खप्तड एफएम ९१.४ मेर्घाजबाट सुरु गरेका थिए । सुशासन, पार्दर्शिता, जवाफ देहिताका सवालमा उनले कलम चलाइराखेका छन् ।

सम्मानित भएका सुनिलले नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेश समिति प्रति आभार व्यक्त गरेका छन् । उनले भने यसरी हौसला प्रदान गर्नाले लेखन पेशामा थप बल पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित