खडक कोली/ चैत्र ३०। कञ्चनपुरका मुक्त हलियालाई कानुनी सचेतना गराईएको छ । राष्ट्रिय मुक्त हलिया महासंघ र राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले आईडब्लूएफकोे आर्थिक सहयोगमा मुक्त हलियाहरुलाई कानुनी सचेतना गराईएको हो ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारकाले मुक्त हलियाहरुलाई समेत संविधान, दलित एव मुक्त हलियाका हक अधिकार बारे छलफल गराईएको बताए । ‘मुक्त हलियाले कतिपय कानुनी विषय बारे जानकारी नहुँदा उनीहरुलाई समस्या पर्दै आएको छ, ‘उनले भने, ‘समस्याबाट मुक्तका लागि उनीहरुलाई कानुनी विषय बारे जानकारी गराएका छौँ ।’
कार्यक्रममा राष्ट्रिय मुक्त हलिया महासंघका कार्यक्रम निर्देशक हरिसिह बोहराले कानुनी विषय बारे जानकारी गराएका थिए । मुक्त हलियाले थुप्रै मानव अधिकारका विषयमा जानकारी पाएको बताएका छन । यसैविच राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले मुक्त हलिया समाजका तर्फबाट शिक्षक सेवा आयोग निकालेका शुनिल ओडलाई सम्मान समेत गरिएको छ ।
Discussion about this post