चितुवाको आक्रमणमा परेर घाईतेको उपचारका लागि भगवती सामुदायिक वनद्वारा उपचार खर्च

कञ्चनपुर, बैशाख २३ । चितुवाको आक्र्रमणमा परेर घाईते भएका शुक्लाफाँटा नगरका स्थानीय रबिन्द्र सिह धामीको उपचारका लागि एक सामुदायिक वनले आर्थिक सहयोग गरेको छ ।

शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटामा रहेको भगवती सामुदायिक वन उपभोक्ता समुहले
चितुवाको आक्र्रमणमा परेर घाईते भएका रबिन्द्र सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।
भगवती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशव धामीले चितुवाको आक्र्रमणमा परेर घाईते धामीको उपचारका लागि समुहबाट मानव वन्यजन्तुद्वन्द्व न्यूनिकरण विपद् व्यवस्थापन कोष मार्फत नगद २० हजार सहयोग गरिएको बताए ।

आईतबार घाईते धामीका आफन्तलाई भगवती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष केशव धामीले चेक हस्तान्तरण गरेका छन । १४ बैशाखमा चितुवाको आक्र्रममा परेर घाईते भएका धामीको अस्पतालमा उपचार भईरहेको छ । चितुवा पीडित घाईते धामीको परिवारले देशमा तीन सरकार भएपनि सामुदायिक वनबाट उपचार खर्च दिएको भन्दै खुसी व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित