बेलडाँडी । सशस्त्र प्रहरीद्वारा बेलडाँडीबाट ७ लाख भन्दा बढी भन्सार छलीको अवैध सामग्री बरामद गरि भन्सार चलान गरेको छ ।
हिजो बिहिबार बेलडाँडी गाउँपालिका– ३ बैवाह क्षेत्रबाट ७ लाख २८ हजार बराबरको भन्सार छलीको सरसामान बरामद गरेको जनाईएको छ । भन्सार छली गरि नेपाल भित्राइएको ३६१ बोरा गहुँ, १ सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर ,फेसन सुज १४ जोर ,सेल्फी सुज १० जोर, चप्पल ८ जोर रहेको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारी कञ्चनपुरका प्रमुख एसपी खगेन्द्र चन्दले जानकारी गराउनु भयो ।
बरामद गरिएको सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइ सकेको जनाए ।
केही स्थानीयका अनुसार घरमा भण्डार गरेर राखेको गँहु कसैलाई नसोधि सशस्त्र प्रहरीले घर भित्रबाट निकाल्दै ट्रलीमा लोडगरि लगेको बताउनु भयो भने केही स्थानीयले तस्करहरूलाई तह लगाउन सशस्त्र प्रहरीले उल्लेख कार्य गरेको भन्दै प्रशंसा गरेका छन् ।
तर ठूलो मात्रामा अवैध समान बरामद गरिदा समेत तस्कर नसमातिनुमा मिलेमतो भएको समेत टिप्पणी गरेका छन् ।
Discussion about this post