सुनिल राना/कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले महेन्द्रनगर नगर विकास समितिको सरकारी जमिनमा निर्माण भएका अवैध सरचना हटाउन शुरु गरेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजार क्षेत्रमा निर्माण भएका अवैध सरचनामाथि भीमदत्त नगरपालिकाले डोजर चलाएर हटाउन शुरु गरेको हो ।
शनिबारदेखि भीमदत्त नगरपालिकाले अवैध सरचनामाथि डोजर चलाएर हटाउन शुरु गरेको नगरपालिकाले जनाएको छ ।
भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले सब्जमण्डी रोड क्षेत्रको पश्चिम तर्फ निर्माण भएका अधुरा अवैध सरचना हटाउने काम भएको बताए । प्रवक्ता अवस्थीले नगरपालिकाको निर्माण अनुरुप अवैध सरचना हटाउने काम शुरु गरिएको छ ।
उनले नगरपालिका भित्र रहेका सबै अवैध सरचना हटाउने कामकाज निरन्तरता पाउने बताए । सार्वजनिक विदा शनिबारकै दिनदेखि शुरु गरिएको अतिक्रमित क्षेत्र हटाउने अभियान निरन्तर अघि बढाउने बताए ।
महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीको अग्रसरतामा अवैध सरचनामा डोजर चलेको प्रवक्ता अवस्थीले बताए ।
नगरपालिकाले झण्डै ८/१० विगाह क्षेत्रमा निर्माण भएका अवैध संरचना हटाउन सुचना जारी गरिएको थियो । तर सुचना र म्यादको हटेरी गरेपछि डोजर नै लगाएर हटाउन शुरु गरिएको प्रवक्ता अवस्थीले बताए ।
भीमदत्त नगरका मेयर पदम बोगटीले नगर क्षेत्रमा रहेका अवैध संरचना एव सरकारी जमिन खाली गराउने अभियान निरन्तर अघि बढने बताए । नगर प्रमुख बोगटीले सुन्दर भीमदत्त नगरको सरकारी जमिन गैर कानुनी अतिक्रमण हटाएरै छाडने बताए ।
पुरानो बसपार्क क्षेत्रमा महेन्द्रनगर नगर विकास समितिको जमिन गैर कानुनी लिजमा लिएर संरचना बनाएका थिए । अवैध सरचनामाथि डोजर चलेसंगै कम बोल्ने बढि काम गर्ने मेयर बोगटीको प्रसंसा भईरहेको छ ।
Discussion about this post