केशव थापा । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा नव नियुक्त डा. देवेन्द्र सिंह नेगीको ईन्ट्री भएको छ । हिजो आइतबार वडा नं. २मा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा उहाँलाई स्वागत गरिएको थियो ।
डा. नेगीलाई बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले स्वागत गर्दै ईन्ट्री गराएका थिए । आफुले पाएको जिम्मेवारी अनुसार जनताको स्वास्थ्य सेवामा खटिने प्रतिबद्धता जनाएका थिए ।
डक्टरको ईन्ट्री संगै बेलडाँडी बासी हर्षित भएका छन् । केहिदिन यता देखि डक्टर बिहिन बेनेको स्वास्थ्य केन्द्रले पुनः नयाँ डक्टर पाएको छ ।
Discussion about this post