महेन्द्रनगर । कञ्चनपुरको एक कपास उद्योमा आगलागी भएको छ । जिल्लाको भिमदत्त नगरपालिका—६ नौलाखेत खैरानी चौराहा स्थित भिमदत्त नगरपालिका—६ ऐठपुर बस्ने जगत सामन्तले संचालन गरेको सिद्दनाथ कपास उद्योगमा बिद्युतको तार सट भई आगलागी भएको हो ।
बिहीबार सापकोटाले संचालन गरेको काठ, जस्ता र फलामबाट निर्मित उद्योगमा आगलागी हुदाँ भवन भित्र रहेका सिरक, डस्ना, कम्मल र मेसिन लगायतका समानहरू गरी ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Discussion about this post