कञ्चनपुर, जेठ १० । बृद्ध जयन्तीको अवसरमा कञ्चनपुरको एक होटलले निःशुल्क भोजन खुवाएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले निःशुल्क भोजन खुवाएको हो ।
शान्तिका दुत भगवान गौतम बुद्धका उपदेश अनुशरण गराउने उदेश्यका साथ निःशुल्क भोजन खुवाएको हाम्रो भोजनालयलका संचालक चक्र प्रशाद मिश्रले बताउनु भयो । उनका अनुसार बिहान ८ बजेदेखि दिउँसो १ः३० बजेसम्म २२ सय जना भन्दा बढीलाई निःशुल्क शुद्ध साकाहारी खाना खुवाइ सकेको जनाउनु भयो । अरु दिन सामान्य ४ सय देखि ५ सय जनाले खाना खाने गरेको बताउदै बुद्ध जयन्तीको अवसरमा २२ जना भन्दा बढीलाई निःशुल्क सेवा दिन सकिएको प्रति खुसी व्यक्त गर्नु भयो ।
हाम्रो भोजनालयले बेला बेलामा विवित यस्ता समाजिक कार्य गर्दै आएको छ । यस अघि भोजनालयले माघी विशेष अफर स्कुटी,
सुनका सिक्का, चाँदीको सिक्का, ल्यापटप, मोबाइल उपहार लगायतका स्किम ल्याएको थियो ।
Discussion about this post