पुनर्वासमा तस्करको काठ सशस्त्र प्रहरीको फन्दामा

कञ्चनपुर, १५ जेठ । कञ्चनपुरको उत्तरी क्षेत्र कृष्णपुर पछि दक्षिण पुनर्वासमा काठ तस्कर समुहले नजर पुगेको छ । कृष्णपुरका विभिन्न सामुदायिक वनहरुमा अवैध काठ तस्करीदेखि बन्यजन्तु शिकारीजन्य गतिबिधी बढाएपछि तस्कर समुहले पुनर्वासतिर पनि बढाईरहेका छन ।

मंगलबार टेक्टरमै अवैध काठ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको बिओपी डोकेबजारका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिरचन्द्र भट्ट नेतृत्वको टोलीले ठुलो परिमाणको काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले अवैध रुपमा टेक्टरमा ढुवानी गरिरहेको अवस्थामा बरामद गरिएको बताए । एसपी चन्दका अनुसार पुनर्वास नगरपालिका ११ अमरबस्ती क्षेत्रमा से१त ३८७३ नम्बरको टेक्टरमा १२ थान सालका गोलीया बरामद गरिएका छन । झण्डै १४० क्युफिट काठ बरामद गरिएको छ । बरामद गरिएको काठ सहित टेक्टर कुण्डा सव डिभिजन वन कार्यालय पचगडीमा बुझाईएको छ ।

सशस्त्र प्रहरीले जंगल वा कुनै सामुदायिक वनबाट गैर कानुनी रुपमा चोरी तस्करी गरेर सःमिल तर्फ लगिरहेको अवस्थामा तस्कर समुहको काठ बरामद गरेपछि तस्कर समुहको योजना बिफल भएको छ ।

जिल्लामा सशस्त्र प्रहरीले काठदेखिका अन्य व्यवसायिक तस्करका योजना निरन्तर बिफल पार्दै गएको छ । सशस्त्र प्रहरीले बरामद गरेको काठ टेक्टरको विषयमा सव डिभिजन वन कार्यालय कुण्डाले सशस्त्र प्रहरीले बरामद गरेको काठको विषयमा अनुसन्धान गरिने जनाएको छ ।

सव डिभिजन वन कार्यालय कुण्डाका इन्चार्ज दिनेश यादवले टेक्टर कसको नाममा रहेको पहिचान गरेर अघि बढ्ने बताए । ‘अब टेक्टरबाटै अनुुसन्धान शुरु हुन्छ, ‘उनले भने, ‘यातायातमा पत्र नै काटेर कसको नाममा टेक्टर रहेको पहिचान गरेर अघि बढ्छौँ ।’

घटनाको प्रकृति हेर्दा उक्त काठ भारतबाट आएको उनले बताए । काठ तस्करीमा संलग्न समुहको पहिचान गरेर कार्बाही गरिने उनले बताए । स्थानीयले समेत काठ तस्करसम्मै पुगेर कार्बाहीको माग अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित