बेलडाँडी । बेलडाँडी गाउँपालिकाको बसपार्क देखि आज देखि नियमिति रुपमा काठमाडौंका लागि बससेवा शुरुचारु भएको छ । संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिंह बिष्ट, पालिका प्रमुख हरिशचन्द्र रानाको अथक प्रयास पछि बेलडाँडीका यात्रुहरुलाई सहज हुने गरि बेलडाँडी देखि काठमाडौंका लागि सेवा सुचारु गरिएको हो ।
बेलडाँडीका यात्रुले काठमाडौं जानका लागि महेन्द्रनगर धनगढी जानुपर्ने समस्याको अन्त्य गरिएको पालिकाले जनाएको छ । बेलडाँडीका यात्रुहरुले यताउता गएर समेत समय अनुसारको टिकट नपाउनु सिट नपाउनु जस्ता समस्यालाई मध्यनजर गर्दै सेवा विस्तार गराएको जनाउनु भयो । यता पालिकाले निर्माण गरेको बसपार्क लामोसमय देखि प्रयोग विहिन भएकाले त्यसलाई प्रयोगमा ल्याउने कार्यका लागि समेत पहल गरेको अध्यक्षका स्वकीय सचिव कुलैराज उपाध्यायले जनाउनु भयो ।
उहाँका अनुसार गाउँपालिकाले अन्य पहाडी जिल्लाका लागि समेत सेवादिने बिषयमा बस समिति संग सकारात्मक छलफल भएको समेत बताउनु भयो । बस बिहान ८ बजे बेलडाँडी बसपार्क पुग्ने र १० बजे बसपार्क देखि छुटि बेलौरी डोकेवजार हुदै काठमाडौं जाने समितिले जनाएको छ ।
सेवा प्रारम्भ कार्यक्रममा पालिका अध्यक्ष हरिशचन्द्र राना, नेकपा एमालेका युवा नेता अक्कल बहादुर बिष्ट, महाकाली बस व्यवसायी समतिका अध्यक्ष डम्वर राज पन्त लगायत पदाधिकारी, वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडका लगायत वस व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post