केशब भट्ट, जेठ १६ बेलौरी । कंचनपुरको पुनर्वास स्थित इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तिमा राष्ट्रिय परिचयपत्र बनाउन आएकाहरु पालो नपाउदा समस्यामा परेका छन ।
बेलौरी, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाबासिले परिचयपत्र बनाउन इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ति आउनुपर्ने भएकाले बेलौरी र लालझाडीबासिलाई समस्या भएको हो।
नजिकका स्थानीयबासी कार्यालयमा बिहानदेखि लाइन लागेर परिचयपत्र बनाउने भएकाले टाढा भएकाहरुको पालो नआउने उनीहरुले गुनासो गरेका छन।
उक्त समस्या समाधानका लागि प्रदेश बिधायन समितिका सभापति दिवान सिंह बिष्टले प्रत्येक पालिकालाइ पालो अनुसार परिचयपत्र बनाउन सुझाव दिएका छन ।
बिष्टले कंचनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई पालो अनुसार परिचय पत्र वितरण गर्न व्यवस्था मिलाउन बताएका हुन । अधिकारीले अर्को हप्तादेखी पालीकाअनुसार पालो लगाइ परिचयपत्र वितरण गर्न तयार रहेका बताएका छन।
Discussion about this post